७ श्रावण २०८३, बिहिबार

एलजी नेपालको ४ दशकको यात्रा स् नवप्रवर्तन, टिकाउपन र उपभोक्ताको विश्वास



काठमाडाैं । गुणस्तर, नवप्रवर्तन र विश्वासको प्रतीक बनेको एलजी नेपालले आफ्नो ४०औं वार्षिकोत्सवको अवसरमा “४० वर्षको स्थायित्व” नामक अभियान आरम्भ गर्दै, नेपाली बजारमा आफ्नो ऐतिहासिक यात्रा र उपलब्धिको उत्सव मनाएको छ।

यो उपलब्धि केवल समयको गन्ती होइन, तर चार दशकदेखि नेपाली परिवारहरूसँग कायम रहेको अटुट विश्वास, भावनात्मक सम्बन्ध र साझा यात्राको जीवन्त प्रमाण हो।

नेपालमा आगमनसँगै एलजी केवल एउटा इलेक्ट्रोनिक्स कम्पनी मात्र रहेन, यो नेपाली जनजीवनको अभिन्न अङ्ग बन्यो। नवीन प्रविधि र दीर्घकालीन प्रदर्शनको संयोजनसहितका टिकाउ सामग्रीहरू जस्तै फ्रिज, धुने मेसिन, टेलिभिजन, हावासञ्चालन यन्त्र र ध्वनि प्रणाली जस्ता उपकरणहरू मार्फत एलजीले नेपाली उपभोक्ताको जीवनशैलीमा सहजता र सुन्दरताको अनुभूति गराएको छ।

“४० वर्षको स्थायित्व” अभियानले एलजी र नेपाली उपभोक्ताबीचको दीर्घकालीन सम्बन्धलाई उजागर गर्दछ। “साथ वर्षौंको, सम्बन्ध विश्वासको” भन्ने नारामार्फत एलजीले पुस्तौँदेखि कायम रहेको सम्बन्ध, टिकाउपन र विश्वासको सम्मान गरेको छ।

भविष्यप्रतिको प्रतिबद्धतासमेत यस अभियानमा प्रस्ट देखिन्छ। एलजीले आगामी वर्षहरूमा पनि उद्देश्यमा आधारित नवप्रवर्तनलाई निरन्तर अघि बढाउने र आफ्ना प्रत्येक उत्पादनलाई समयको परीक्षा पास गर्ने खालको उत्कृष्टतामा तयार गर्ने लक्ष्य लिएको छ। वातावरणमैत्री समाधान, उपभोक्ता–केन्द्रित सेवा र प्रविधिमा आधारित सुधारमार्फत प्रत्येक नेपाली परिवारको जीवन सहज र समृद्ध बनाउने दृढतामा एलजी अडिग छ।

यस विशेष अवसरमा, एलजीका ब्रान्ड प्रमुख मुकेश कुमार बैठाले भने, “हाम्रो ४० वर्षको यात्रा सफल हुनुमा मुख्य योगदान ग्राहकहरूले देखाएको विश्वास हो। नेपालमा एलजीका उत्पादनहरू २० वर्षभन्दा बढी समयदेखि निरन्तर प्रयोग हुँदै आएका छन्। उपभोक्ताहरू हाम्रो घरायसी उपकरणहरूप्रति अत्यन्तै विश्वासिलो हुनुहुन्छ। हाम्रो प्रतिबद्धता छ । उत्कृष्ट प्रविधि र टिकाउपनका साथ उत्पादनहरू उपलब्ध गराउँदै हरेक नेपाली घरमा ‘लाइफस् गुड’ को अनुभूति दिलाइरहने।”


प्रतिक्रिया दिनुहोस्