१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेश मन्त्रीपरिषद् पूनर्गठन, ५ नयाँ मन्त्री नियुक्त



काठमाडौं । बागमती प्रदेशमा थप नयाँ पाँच मन्त्री नियुक्ति भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पाँच नयाँ मन्त्री नियुक्त गर्दै आफ्नो सरकारलाई पूर्णता दिएका हुन् । यससँगै,१४ सदस्यीय मन्त्री परिषद् गठन भएको छ ।

कञ्चन चन्द्र बादे (सामाजिक विकास मन्त्रालय), प्रभात तामाङ (आर्थिक मामिला र योजना मन्त्रालय), उर्मिला नेपाल (युवा र खेलकुद मन्त्रालय), सुरेश श्रेष्ठ (संस्कृति र पर्यटन मन्त्रालय) र बिनु रायमाझी पौंडेल (सहकारी र गरिबी निवारण मन्त्रालय) नियुक्ति भएका छन् ।

यसअघि, २० साउनमा ८ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री बानियाँले सरकार गठन गरेका थिए । कांग्रेस र एमालेका प्रतिनिधिहरुले मन्त्रालयका जिम्मेवारी सम्हालेका छन् ।