ओलीका युवराज अमेरिकाका लागि नेपाली राजदूत, मुख्यसचिवमा वैरागी, रेग्मीलाई बेलायतको राजदूत « Arthapath.com
७ असार २०८२, शनिबार

ओलीका युवराज अमेरिकाका लागि नेपाली राजदूत, मुख्यसचिवमा वैरागी, रेग्मीलाई बेलायतको राजदूत



काठमाडौं । बिहीबार बसेकोे मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री तथा प्रधान्मन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको स्रोतले जनाएको छ ।

मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

खतिवडालाई कार्यकाल सकिएलगत्तै राष्ट्रियसभामा कार्यकाल नथपिएपछि प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । उनले सार्वजनिक लाभको पद धेरै पाउने गरेका छन ।

ओलीका युवराज मानीने खतिवडा राष्ट्र बैंकको गभर्नर, योजना आयोगको सदस्यहुँदै उपाध्यक्ष, अर्थमन्त्री, प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै अब अमेरिकाको राजदूत बन्ने भएका छन ।


प्रतिक्रिया दिनुहोस्