७ श्रावण २०८३, बिहिबार

कलश स्टक मार्केटको बुटवलमा पहिलो शाखा सञ्चालनमा



काठमाडौ । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट स्वस्तिपुजा गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची तगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेलले बताए ।

यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्