दाेहाेराे अंकले घट्याे सेयर बजार, पाैने ८ अर्बकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दाेहाेराे अंकले घट्याे सेयर बजार, पाैने ८ अर्बकाे काराेबार



काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बिहिबार २.६२ अंकले बढेको नेप्से परिसूचक आज २७.१७ अंकले घटेर २७ सय ६१.२२ बिन्दुमा पुगेको छ ।

नेप्से घटे पनि काराेबार रकममा भने केहि सुधार देखिएकाे छ । आज ३१७ कम्पनीकाे २ कराेड ०५ लाख १३ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ कराेड ५१ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

गत बिहिबार ३ सय २० वटा कम्पनीका १ करोड ९२ लाख कित्ता शेयर ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

यसदिन म्युच्युअल फण्ड बाहेक सबै समुहका उपसूचक घटेका छन् । आज सबै भन्दा बढी व्यापार समुह १.५९, अन्य समुह १.५१, माइक्राेफाइनान्स १.२७ र उत्पादन तथा प्रशाेधन १.०३ प्रतिशतले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्