१७५ कम्पनीको सेयर भाउ बढ्यो, यी हुन आज उच्च दरमा कमाउनेहरु
काठमाडौं । सोमबार डेढ सय बढी कम्पनीको सेयर मूल्य बढेको छ । आज १७५ कम्पनीका सेयर भाउ बढेको हो ।
साताको दोस्रो कारोबार दिन सबैभन्दा धेरै युयिन हाइड्रोपवारको ६.१० प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको मूल्य प्रतिकित्ता २३.४७ रुपैयाँ बढेर ४०८.३५ रुपैयाँ कायम भएको छ ।
यस्तै, अपर स्याङ्ेको ५.९४ प्रतिशत, अपर लोहोरे खोलाको ५.४३ प्रतिशत, दोर्दी खोलाको ४.७८ प्रतिशत, लिवर्टी इनर्जीको ४.५४ प्रतिशत र इंवा हाइड्रोपावरको ४.३५ प्रतिशत बढेको छ ।
आज यीसहित १७५ कम्पनीले कमाएका छन् ।
















