८ श्रावण २०८३, शुक्रबार

सेयर बजारमा हरियाली, सुस्ताउँदै कारोबार रकम



काठमाडौं । आज पनि सेयर बजारमा हरियाली देखिएको छ । साताको तेस्रो कारोबार दिन बजार २८ अंकको बिन्दु नजिक पुगेर फर्किएको छ ।

आज ९.७६ अंक वृद्धि भएको हो । सोमबार पनि दोहोरो अंकले बढेको थियो । मंगलबार बजार परिसूचक २ हजार ७८०.१५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज होटल तथा पर्यटन समूह सामान्य घटेको छ । यी बाहेकका अन्य सबै समूह भने हरियाली बनेका छन् ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्