अर्थमन्त्री पौडेलद्वारा नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष घिमिरेलाई बधाइ
काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष तुलसीप्रसाद घिमिरेलाई बधाइ तथा सफलताको शुभकामना दिएका छन् ।
बुधबार अर्थमन्त्री पौडेलले अर्थमन्त्रालयमा नवनियुक्त अध्यक्ष घिमिरेलाई बधाइ तथा सफलताको शुभकामना दिएका हुन् ।
आइतबारको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार घिमिरेलाई कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश भएका छन् ।
उनले केन्द्रीय बैङ्कमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैङ्किङ एवं अनुसन्धान लगायत अन्य विभागमा कार्य गरेका छन्।















