२६ भदौ २०८३, शुक्रबार

नेरुडे मिर्मिरे लघुवित्तको कायम मुकायम सीइओमा भागनारायण



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतको जिम्मेवारी भागनारायण साहुलाई दिइएको छ ।

कम्प्नीको भदौ ४ गते बुधवार बसेको संचालक समितिको बैठकले हालका नायब प्रमुख कार्यकारी अधिकृत साहूलाई कायम मुकायम सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीका सीइओ भोजराज बस्यलालको कार्यकाल गत श्रावण मसान्तदेखि सकिएको छ । उनको कार्यकाल सकिएपछि कामु सिइओको जिम्मेवारी तोकिएको हो ।