२६ भदौ २०८३, शुक्रबार

रसुवागढी हाइड्रोपावरको संचालक हेरफेर, गैह्रेको ठाउँमा राजाभाई



काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीको संचालकमा राजाभाई सिल्पकार मनोनयन भएका छन् ।

उनी नेपाल विद्युत प्राधिकरणको तर्फबाट प्रतिनिधित्व गर्दै संस्थाको संचालकमा मनोनयन भएका हुन् ।

कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक सेयरधनी नेपाल विद्युत प्राधिकरण छ ।

प्राधिकरणबाट एक जना प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ ।सोही व्यवस्था बमोजिम नै शिल्पकार संचालन बनेका हुन् । यसअघि भने छविलाल गैह्रैले प्रतिनिधित्व गर्दै आएका थिए ।