शुक्रबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा १३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ४०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण गरिएकाे छ । बिहिबार छापावाल सुन प्रतिताेला १ लाख ९४ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै चाँदीको मूल्य बिहीबार तोलामा २० रुपैयाँले वृद्धि भएर प्रति तोला २ हजार ३ सय १० रुपैयाँ पुगेको छ। हिजाे तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।













