सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार



काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि दाेहाेराे अंककाे गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक १५.२१ अंकले घटेर २७ सय ४२ दशमलव ७६ विन्दुमा कायम भएको छ ।

आज काराेबार रकममा भने केहि सुधार देखिएकाे छ । यसदिन ३२२ कम्पनीकाे १ कराेड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५४ कराेड ८६ लाख ३८ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

गत बिहिबार ३१९ कम्पनीकाे १ कराेड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ कराेड रूपैयाँकाे काराेबार भएकाे थियाे ।

आज उत्पादन तथा प्रशाेधन समुहका उपसूचक बाहेक सबै समुह राताम्य बनेका छन् । यसदिन विकास बैंक समुह सर्वाधिक १.६७ र जलविद्युत १.०८ प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्