७ श्रावण २०८३, बिहिबार

ठेक्का सम्झौताअनुसार काम नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । ठेक्का सम्झौताअनुसार काम नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

विभिन्न सरकारी कार्यालयहरूले पेश गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालाेसूचीमा राखेकाे थियाे ।

कारबाहीमा परेका कम्पनीहरूमा उदयपुरस्थित विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव वासवि कन्स्ट्रक्सन, विराटनगरको सगुन फेब्रिक्स, नेपालगञ्जको शुभ आरएस बिल्डर्स (ज्वाइन्ट भेञ्चरमार्फत ठेक्का लिएको), र अछामको नवीन निर्माण सेवा छन्।

त्यसैगरी, सुर्खेतको जेएमसी कन्स्ट्रक्सन, काठमाडौंकै कास्यप निर्माण सेवा, ग्यालेक्सी कन्स्ट्रक्सन, जालपा निर्माण सेवा, डोल्पाको मष्टा भवानी निर्माण सेवा, र अर्घाखाँचीको शहीद निर्माण सेवा पनि कारबाहीमा परेका छन्।

डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकाको सिफारिसमा मष्टा भवानी निर्माण सेवालाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो। त्यसैगरी, सडक डिभिजन कार्यालय सुर्खेतको सिफारिसपछि कास्यप निर्माण सेवालाई दुई वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने निर्णय गरिएको छ।

बाँकी कम्पनीहरूलाई एक-एक वर्षको कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्