१०१ कम्पनीको सेयर भाउ बढ्यो, यी हुन आज उच्च दरमा कमाउनेहरु
काठमाडौं । मंगलबार एक सय भन्दा बढी कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन १०१ कम्पनीको सेयर भाउ बढेको हो ।
कारोबारमा आएका मध्ये सबैभन्दा धेरै विकास हाइड्रोपावरको सेयर भाउ वृद्धि भएको छ । आज कम्पनीको मूल्य सर्किट लेभल अर्थात् ९.९९ प्रतिशत बढेको हो । योसँगै आज कम्पनीको मूल्य ४७०.२० रुपैयाँ कायम भएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको सेयर भाउ पनि ८.८१ प्रतिशत, नारायणी डेभलपमेन्टको ७.२८ प्रतिशत र सीवाइसी नेपाल लघुवित्तको सेयर भाउ ४.५३ प्रतिशत बढेको छ । आज यीसहित १०१ कम्पनी लगानीकर्ताले कमाएका छन् ।















