सुनको मूल्य १ लाख ९९ हजार पुग्यो, चाँदीको कति ?
काठमाडौं । सुनको भाउ थप महँगिएको छ । बुधवार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेको छ ।
योसँगै आज सुनको भाउ १ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला १५ रुपैयाँ घटेर २ हजार ३४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।













