चीन भ्रमणअघि प्रधानमन्त्री ओलीले संसदको विशेष सम्बोधनमा के भने ? (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको ५ दिने भ्रमणमा जानलागेको जानकारी गराएका हुन् ।
यस भ्रमणको उदेश्य चीनको कियानमेन, तियांजिन शहर आयोजना हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो ।
सांघाई सहयोग संगठन सन् २००१ म स्थापना गरिएको हो, आज विश्वको सबैभन्दा ठूलो क्षेत्रिय संगठनहरु मध्ये एकको रुपमा विकसित भइसकेको छ ।
चीन रुस भारत पाकिस्तान कजाकिस्तान, ताज्वेकस्तान, उज्वेकस्तान र बेला रुस यसका पूर्ण सदस्य राष्ट्रहरु हुन् । अफगानिस्तान र मंगोलिया दुई देश परिवेक्षक राष्ट्रहरु हुन् ।
नेपाल सन् २०१६ देखी यस संगठनको डाइलक पार्टनर (संवाद साझेदार) रहँदै आएको छ ।
प्रधानमन्त्री ओलीले यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयीक क्षेत्रिय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट राख्नु, एवं यस मार्फत अत्यधिक देशका लागि लाभ हासिल गरी नेपालको हित प्रवद्र्धन गर्नु भ्रमणको मूख्य उदेश्य रहेको बताए ।
उनले भने, ‘यस भ्रमणमा चीनका राष्ट्रपति सि चिन फिङसँग मेरो दुई पक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ भने बेइजिङमा उपराष्ट्रपति हान चङसँग पनि भेट हुने छ । चीनका राष्ट्रपति तथा उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागि हुनेछौं ।’
भदौ १६ गते तियांजिनमा हुने एससीओ शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता हुने छ भने त्यस सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनका दौरान मैले विभिन्न मित्र राष्ट्रहरुका राष्ट्र तथा सरकार प्रमुखहरुसँग दुई पक्षिय भेटवार्ता गर्ने पनि उनले बताए । ति भेटघाटमा नेपाल र ति मुलुकका दुई पक्षिय एवं अन्य प्राथमिकता विषयमा छलफल हुने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘तियांजिनबाट म सोहि दिन बेइजिङ जाने कार्यक्रम रहेको छ । हालसम्म रुसका राष्ट्रपति भ्लादमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति महोम्मद मुइज्जु, कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।’
अन्तिम कार्यक्रमको रुपमा विश्वका नेताहरुसँगै नेपाली प्रतिनिधि मण्डल पनि आगामी भदौ १८ गते चीन सरकारद्धारा बेइजिङमा आयोजना हुने फासिबाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनिया जनताको प्रतिरोधि युद्धको विजयको ८० औं वार्षिकोत्सव समारोह अवलोकन गर्ने त्यसमा सहभागि हुने कार्यक्रम रहेको छ ।
यी कार्यक्रमहरमा ५० भन्दा बढी देशले सहभागिता जनाउने छन् ।
प्रधानमन्त्रीले यस भ्रमणबाट नेपाल र चीनबीचको मैत्रिपूर्ण दुई पक्षिय सम्बन्ध थप सुदृढ हुनुका साथै एससीओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयीक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवी एवं प्रतिस्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनि िमण्डलले काम गर्ने विश्वास दिलाउन चाहान्छु ।’
भ्रमण दलमा पत्नी राधिका शाक्य सहित शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छबिलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु सहभागि हुनेछन् ।
यस्तै प्रधानमन्त्री ओलीलले यतिबेला देशभित्र वीरगञ्जमा हैजा प्रकोपले संकटको रुप लिएको भन्दै जनतामा भयको वातावरणका साथै पिडा र क्षतिको वातावरण बनेको र त्यस सम्बन्धमा सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाईमा यसको रोकथाम, उपचार र निदानमा सरकारको ध्यान गएको र नियन्त्राणको प्रयास तिब्र भइरहेको बताए ।
यो रागको स्रोत केहो ? कहाँबाट रोग फैलियो भन्ने कुराको पनी खोजी भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
यस्तै बिरामीको औषधोपचार पनि निशुल्क गराउँदै आउको र आवस्यक औषधी तथा उपकरण पनि प्रर्याप्त मात्रामा रहेको बताए ।
यस्तै सरकारले पिउने पानीको शुद्धिकरण र फोहरमैला व्यवस्थापनमा पनि प्रवन्ध गरीरहेको प्रधानमन्त्रीको भनाइ छ ।













