सेयर बजारको ओरालो यात्रा, आज पनि उच्च अंकको गिरावट
काठमाडौं। सेयर बजारमा उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २९.८९ अंक घटेको छ ।
अघिल्लो दिन अर्थात् गत बिहीबार पनि ३८ अंक बढी घटेको थियो । आज पनि बजार परिसूचक २ हजार ७५१.११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज सबै सूचकहरु राताम्य बनेका छन् । कारोबार रकम पनि गिरावट आएको छ । आज ६ अर्ब ४ करोड ३८ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका मध्ये २२८ वटा कम्पनीको सेयर भाउ घटेको छ भने २१ वटाको मात्रै वृद्धि भएको छ ।
आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । आज कम्पनीको ४५ करोड ४६ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यता, हिमालयन रिइन्स्योरेन्स कम्पनीको पनि २८ करोड ८८ लाख २५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै, हिमालयन डिस्टीलरीको २६करोड ३३ लाख २६ हजार, नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख १६ हाजर रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।













