पोखरा नयाँ सडकमा सामसङ प्लाजाकाे नयाँ शोरुम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पोखरा नयाँ सडकमा सामसङ प्लाजाकाे नयाँ शोरुम



काठमाडौं । नेपालभरि प्रिमियम इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि विश्वासिलो नाम सामसङ प्लाजाले पोखरा नयाँ सडकमा आफ्नो नयाँ शोरुम खोलेको छ।

पाल्पा हाउस, नयाँ सडक, पोखरामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपकी डाइरेक्टर सीमा गोल्छा र नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर जनपुकार मुनान्कमीले शोरुमको संयुक्त रुपमा उद्घाटन गरे।

यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सरेको हो। अब यो शोरुम पोखरा, नयाँ सडकमा खुलेको छ जसले गर्दा ग्राहकहरूलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्नेछ।

नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध हुनेछन्। यो कदमले सामसङको विश्वस्तरिय प्रविधि र उत्कृष्ट सेवा नेपालका हरेक ग्राहकको नजिक पुर्‍याउने प्रतिबद्धतालाई अझ बलियो बनाएको ।

यस अवसरमा सामसङ प्लाजाका प्रतिनिधिले भने “हामीलाई पोखरामा नयाँ शोरुम खोल्न पाउँदा धेरै खुशी लागेको छ। यो सहरको विकास र उत्साहलाई मध्यनजर राखदै हामीले नयाँ रोड रोजेका हौं। यसले ग्राहकहरूलाई अझ सहज बनाउनेछ।”

ग्राहकहरूले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक शपिङ वातावरण, र प्रशिक्षित स्टाफको सहयोग पाउनेछन्।

सामसङ प्लाजाले सबैलाई नयाँ सडक, पोखरामा आमन्त्रित गर्दै विश्वस्तरिय सामसङ उत्पादनहरूको नयाँ युग अनुभव गर्न आग्रह गर्दछ।


प्रतिक्रिया दिनुहोस्