गरिमाले सहारा विकास बैंकलाई गाभ्ने

काठमाण्डाैं । गरिमा विकास बैंकले अर्काे एक विकास बैंकलाई गाभ्ने भएकाे छ । गरिमाले सर्लाही जिल्लामा प्रधान कार्यालय रहेको सहारा विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता सम्पन्न गरेकाे छ ।
२०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमा विकास बैंकल म्याग्दीको निलगिरी विकास बैंक र चितवनको शुभेच्छा विकास बैंकलाई गाभेकाे थियाे ।

गरिमाकाे देशभर सातै प्रदेशमा १०२ शाखाबाट सेवा प्रवाह गरिरहेको गरिमा छ । सहारा विकास बैंककाे चुक्ता पुँजी २५ कराेड ५४ लाख रहेकाे छ । गरिमाकाे ३ अर्व २३ कराेड चुक्ता पुँजी रहेकाे छ । दुबै बैंककले २०७८ बैसाश १ गतेभित्र मर्जर गरिसक्ने जनाएका छन ।
सहाराकाे ४ शाखा र १ एक्सेन्टन काउन्टर रहेकाे छ भने गरिमाकाे १०२ शाखा रहेकाे छ ।