शनिबार २१२० जनालाई काेराेना, राजधानीमा ११७७ संक्रमित, कुन जिल्लामा कति ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

शनिबार २१२० जनालाई काेराेना, राजधानीमा ११७७ संक्रमित, कुन जिल्लामा कति ?



काठमाण्डाैं । शनिबार देशभर २१२० जनामा काेराेना देखिएकाे छ । पछिल्लाे पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा संक्रमित उच्च रहेका छन । यी जिल्लामा ५०० जना भन्दा बढी कोरोना संक्रमति देखिएका छन । शनिबार मनाङ, मुस्ताङ र डोल्पामा कोरोना संक्रमितकाे संख्या सुन्य रहेकाे छ ।

कुन जिल्लामा कति संक्रमित ?

उदयपुर ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, सुनसरीका १२२, धनुषाका १३, पर्साका १८, बाराका २५, महोत्तरीका ५, रौटहटका ८२, सप्तरीका १९, सर्लाहीका ५, सिरहाका ८, काठमाडौँका १००१, काभ्रेका १४, चितवनका ७५, दोलखाका ४, धादिङका ८, नुवाकोटका ८, भक्तपुरका ६७, मकवानपुरका १२, रामेछापका ६, ललितपुरका १०९ र सिन्धुपाल्चोकका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुलीका ६, कास्कीका २२, गोरखाका ६, तनहुँका १०, नवलपरासीपूर्वका ८, पर्वतका १, म्याग्दीका १, लमजुङका ३, बाग्लुङका १, स्याङ्जाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ६, गुल्मीका २, दाङका ४, नवलपरासी ६, पाल्पाका ७, प्यूठानका ६, बर्दियाका १०, बाँकेका १९, रुपन्देहीका ९८, रोल्पाका १, कालिकोटका १, दैलेखका ९, सुर्खेतका ४३, कञ्चनपुरका ५, कैलालीका ९३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका १ र बाजुराका १ जनामा कोरोना पुष्टि भएकाेे छ ।


प्रतिक्रिया दिनुहोस्