सर्वाेच्चमा न्यायाधीशसहित केहि कर्मचारीमा कोरोना पुष्टि, अधिकांश इजलास स्थगित
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्वाेच्च अदालतमा पनि कोरोना देखिएपछि आइतबार तोकिएका सबै ईजलाश रोकिएका छन् । शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि एक मात्रै ईजलाश तोकिएको छ ।
आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ । अन्य सबै इजलास स्थगित भएका छन् । संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन् ।











