उच्च बिन्दुबाट ४०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उच्च बिन्दुबाट ४०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । नेपाली बजारमा लगातार बढेकाे सुनकाे मूल्य साेमबार घटेकाे छ । रेकर्ड बिन्दुबाट आज सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले घटेकाे हाे ।

सुनको मूल्य बढ्ने क्रम लगातार जारी छ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य प्रतितोला १६०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला १६०० रूपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ कायम भएको थियाे ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा साेमबार चाँदीकाे मूल्य तोलामा २१ रुपैयाँ घटेको हाे। हिजाे २ हजार १४३ रुपैयाँ तोला रहेको चाँदीको मूल्य आज २ हजार १२२ रुपैयाँमा झरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्