जेनजीको प्रदर्शनमा प्रहरीले गर्यो अश्रुग्याँस प्रहार
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरको संसद भवनतर्फ अघि गरेका थिए ।
माइतीघर र तिनकुनेबाट अगाडि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै संसद भवनसम्म पुग्न सफल भए । प्रहरीले उनीहरूको अघि बढ्न रोक्न अश्रुग्याँस प्रहार गरेको छ ।














