सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टको तीन दिने प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले भदौ १९ २० र २१ गते काठमाडौं, भक्तपुर, तथा ललितपुरका विभिन्न स्थानहरुमा “एकजुट, अभैm मजबुत” भन्ने सन्देशका साथ आफ्नो प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न प्राविधिकहरु एकसाथ आई अझै सुदृढ भविष्यको निर्माणका लागि गरिएको एक पहलका रुपमा कम्पनीले सो कार्यक्रमलाई लिएको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख सदस्यहरुसँगै ललितपुरमा करीब १६५ प्र्राविधिकहरु, भक्तपुरमा करीब १९० प्र्राविधिकहरु तथा काठमाडौंको मुलपानी, चक्रपथ तथा कलंकी गरी करीब ४७५ जना प्राविधिकहरुको भव्य उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा सर्वाेत्तम सिमेन्टका तर्पmबाट इन्जिनियर अभिषेक झा ले तथा जगदम्बा सिमेन्टका तर्फबाट इन्जिनियर गोविन्द बस्नेत तथा इन्जिनियर इश्वरी ढकाल ले प्राविधिकहरुलाई बलियो घर निर्माण सम्बन्धी विभिन्न प्रविधि तथा प्रक्रियाहरु बारे प्रशिक्षण समेत दिएका थिए ।
कम्पनीले सुनवल–नवलपरासी, भैरहवा, बिरगञ्ज, र झापा प्लान्ट गरी ४ वटा उद्योगहरुबाट सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्ट उत्पादन गर्दै आएको छ भने यसरी ४ उद्योगबाट देशैभरी सिमेन्ट विक्रिवितरण गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ ।
साथै, सन् २००१ मा स्थापित नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक जगदम्बा सिमेन्ट उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग, आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै यस कम्पनीले निर्माण जगतको आवश्यकता पूरा गर्दै आइरहेको छ ।
विगत २ दशक देखि निर्माण जगतमा गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्ट आइएसओ ९००१ गुणस्तर प्रमाणित र १४००१ वातावरण–मैत्री प्रमाणित लगायत नेपाल गुणस्तर प्र्रमाणित रहेको छ । जगदम्बा सिमेन्टले उच्चस्तरीय ४३ र ५३ ग्रेड को अल्ट्र ओपीसी सिमेन्ट र जगदम्बा पीपीसी सिमेन्ट उत्पादन र वितरण गर्दै आफ्ना ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै आइरहेको छ ।













