साइबर अपराध सम्बन्धी मुद्दामा पूर्वडीएसपी दोषी ठहरीए « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

साइबर अपराध सम्बन्धी मुद्दामा पूर्वडीएसपी दोषी ठहरीए



काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक डीएसपी कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहर भएका छन ।

उनले सामाजीक सञ्जाल फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोग लागेको थियो ।

सोही अनुरुप उनलाई जिल्ला अदालत, काठमाडौंले दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

उनलाई भाइबुहारी समुना खड्काले तत्कालीन महानगरीय अपराध महाशाखामा किटानी जाहेरी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्