प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।
रास्वपा सांसद द्वय सुमना श्रेष्ठ र शिशिर खनालले सामाजिक सञ्जाल मार्फत सरकारको दमनका कारण जेनजी आन्दोलनमा ठूलो माविय क्षति भएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने बताएका हुन् ।
यता शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको छ।
‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तीनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रुग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ’ प्रेस विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताले भनेको छ ।















