कर्फ्यु अवज्ञा गर्दै नयाँबानेश्वरको संसद भवन अगाडि प्रदर्शन (फाेटाेफिचर)
काठमाडाैं । काठमाडाैंमा कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि जेनजीहरु आज फेरी नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।
हिजो २१ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ भने उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् ।

























