आफू निकटका मन्त्रीलाई राजीनामा दिन शेखरको निर्देशन, कृषि मन्त्रीले थाले तयारी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू निकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
वर्तमान सरकार अब निरर्थक भइसकेको भन्दै नेता काेइरालाले मन्त्रीहरूलाई टेलिफोन गरेर राजीनामा दिन निर्देशन दिएका हुन्।
चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्किन लागेका छन्।
यसैबीच कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिन लागेकाे बताइएकाे छ ।













