११ श्रावण २०८३, सोमबार

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक



काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बाेलाएका छन् ।

साेमबारदेखि देशभरका मख्य मुख्य सहरमा भइरहेकाे जेनजी प्रदर्शनले निम्त्याएकाे परिस्थिति मूल्यांकन गरी र सार्थक निस्कर्ष निकाल्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन् ।

सर्वदलीय बैठक आजै साँझ ६ बजेका लािग बोलाइएको हो ।

अपिल जारी गर्दै प्रधानमन्त्रीले राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी भउको बताएका छन् ।