१२ कार्तिक २०८३, बिहिबार

देशभर आक्रोश चुलिँदै, कलंकीमा प्रहरीको गोली



काठमाडौं । कलंकीमा प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीहरूले लगातार तोडफोड र आगजनी गरिरहेका छन् ।

देशभर फैलिएको जेनजी आन्दोलनको केन्द्रमा सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र शासक वर्गको विलासी जीवनशैलीप्रति विरोध रहेका छन् ।

सोही क्रममा कलंकी क्षेत्रमा पनि उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भइसकेको छ । आज देशका अधिकांश भागमा आक्रोश झनै चुलिएको छ ।