११ श्रावण २०८३, सोमबार

भैँसेपाटीस्थित मन्त्री क्वाटरबाट मन्त्रीहरू बाहिर निकाल्न ३ हेलकप्टर परिचालन



काठमाडौं । सरकार लक्षित जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय तथा शीर्ष नेताहरुकाे घरमा ताेडफाेड तथा आक्रमण हुन थालेपछि मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएकाे छ ।

अर्थपथ स्राेतका अनुसार भैँसेपाटीस्थित मन्त्री क्वाटरबाट मन्त्रीहरू बाहिर निकाल्न ३ हेलकप्टर परिचालन गरीएकाे छ । यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् ।

जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।

बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेकाे देखिएकाे छ ।

मन्त्रीसँगसँगै अन्य नेताहरूलाई समेत सुरक्षित स्थानमा राखिन थालेकाे छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गगन थापा, सञ्चारकमन्त्री गुरूङ, नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल लगायत थुप्रै नेताहरूकाे घरमा ताेडफाेड तथा आगजनी भइसकेकाे छ ।

सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवाले ज्यान गुमाएका थिए भने ३ सय बढी घाइते छन् ।