हिल्टन होटलमा आगजनी
काठमाडौं । राजधानीको नक्सालमा रहेको हिल्टन होटलमा जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । होटल प्रहरी प्रधान कार्यालयको नजिकै अवस्थित भएकाले स्थिति झनै संवेदनशील बनेको छ ।
सोमबारदेखि सुरु भएको आन्दोलन आज पनि जारी रहँदा, काठमाडौंसहित देशभरका प्रमुख सहरहरूमा प्रदर्शन चर्किँदै गएको छ ।














