स्थिति नियन्त्रणमा लिन सेना परिचालनको तयारी, सैनिक मुख्यालयमा बैठक
काठमाडौँ । जेनजी आन्दोलनका कारण सत्ता परिवर्तन भएपनि आन्दोलनकारीहरु संयम नभए पछि सेना परिचालनको तयारी थालिएको छ ।
उपत्यकाका सबैजसो प्रहरी कार्यालय र परिसरहरु आन्दोलनकारीले नियन्त्रणमा लिएर आगजनी गरिसकेका छन् ।
यस्तो अवस्थामा उत्तेजित भइसकेको आन्दोलनको लहरलाई शान्तिपूर्ण परिस्थितिमा फर्काउन सेना परिचालन आवस्यक देखिएको हो ।
यसका लागि सैनिक मुख्यालय भद्रकालीमा बैठक चलिरहेको सैनिक स्रोतले जनाएको छ ।
सेनालाई कसरी परिचालन गर्ने, त्यसको रणनीति के हुने भन्ने कुरामा छलफल भइरहेको सैनिक सम्बद्ध समाचार सूत्रहरुले जनाएका छन् ।
यसअघि सैनिक मुख्यालयले अलग्गै र सेना सहित सबै सुरक्षा दलका प्रमुख तथा मुख्यसचिवले एकमुष्ठ रुपमा पनि विज्ञप्ती जारी गर्दै सबैलाई संयमित रहन आग्रह गरेको थियो ।













