कैदी बिहिन नख्खु कारागार !
काठमाडौं । जेनजी प्रदर्शनको उग्रतामा ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् ।
रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू प्रदर्शनकारिको दबाबमा कारागारबाट बाहिरिएका हुन् ।
प्रदर्शनकारीहरूको उपस्थिति देखेर कारागार प्रशासन निरीह बनेको थियो, त्यसपछि लामिछानेसहित सबै कैदीहरू जेलबाट बाहिरिएका छन् ।
अहिले नख्खु कारागारमा एक पनि कैदी छैन । सोमबार र मंगलबारको प्रदर्शन अराजक बनेको थियो ।















