विशाल ग्रुप गम्भिर ध्यानाकर्षण, भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसंगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपको गम्भिर ध्यानाकर्षण भएको छ । समाचारहरुमा उल्लेख भएको आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विधिवत रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सो को सतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको जनाएको छ । तसर्थ विशाल ग्रुपले अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरेको छ र ग्राहकवर्ग माँझ यस्ता भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह गरेको छ ।
विशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एंव सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्र्तगतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।
कम्पनीले केही संचार माध्यमबाट विशाल ग्रुपलाई लान्छित गर्दै प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।
विशाल ग्रुपको बारेमा
विशाल ग्रुप नेपालमा सबैभन्दा ठूलो व्यवसायिक समूहमध्ये एक हो, यसले विभन्न व्यवसायीक गतिविधिहरु जस्तै बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस्, र बितरणको क्षेत्रमा संलग्न छ । यस समूहले नेपालमा व्यवसायीक गतिविधिहरुका ५० वर्षभन्दा बढिको इतिहास कायम गरेको छ । यस समूहले विभिन्न सम्मान तथा नेपालमा कार्य गरे बापत विभिन्न सरकारी विभागहरुबाट प्रशंसापत्र प्राप्त गरेका छ । यस ग्रुप नेपालमा विभिन्न बहुदेशीय ब्राण्डहरुको आयातकर्ता तथा बितरक हो ।