प्रचण्ड पुत्री गंगाको घरमा जलेको अवस्थामा एक पुरुषको शव फेला
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक व्यक्तिको शव फेला परेको छ ।
ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ भने उनको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।















