१२ कार्तिक २०८३, बिहिबार

कारागारबाट भागे साढे १४ हजार कैदी, हालसम्म कति समातिए ?



काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न अराजक स्थितिमा देशभरका कारागार तोडफोड र आगजनीका घटनाहरू भएका थिए ।

त्यसक्रममा १४ हजार ५०७ कैदी फरार भएका थिए । तीमध्ये हालसम्म १ हजार ४५५ जनालाई मात्र नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ ।

तर, बाँकी १२ हजार ८५२ कैदी अझै फरार छन् । प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा पनि फरार अवस्थामा छन् । फरार कैदीहरूलाई खोजी तीव्र पारिएको छ ।