जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, १३ सय बढी घाइते
काठमाडौं । जेनजी आन्दोलन थप उग्र बन्दै जाँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
सबैभन्दा धेरै मृतकहरू राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना रहेका छ भने सिभिल अस्पतालमा ६ मा रहेका छन् ।
यस्तै, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइनमा ३–३, केएमसी र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, अन्य अस्पतालमा एक–एक जनाको मृत्यु पुष्टि भएको छ ।
आन्दोलनका क्रममा घाइते हुनेहरुको संख्या हालसम्म १ हजार ३६८ पुगेको छ । जसमध्ये ३२१ जना अझै उपचाररत छन् । ९४९ जना डिस्चार्ज भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन चर्किएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीको गोली प्रहार पछि धेरै घाइते भएका थिए ।















