१२ कार्तिक २०८३, बिहिबार

जेनजीको नयाँ निर्णय : अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङको प्रस्ताव !



काठमाडौं । जारी राजनीतिक संकटको समाधानका लागि जेनजी नेपालको एक समूहले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापनाजस्ता एजेन्डामा आन्दोलनले महत्वपूर्ण मोड लिएको भन्दै अब नेतृत्व घिसिङले सम्हाल्नुपर्ने समूहले निष्कर्ष निकालेको छ ।

शुरुआतमा काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको नाम चर्चा भए पनि दुवैले चासो नदेखाएको जनाइएको छ । यस्तै, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति केही समूहको समर्थन रहे पनि संविधानिक र उमेरसम्बन्धी कारणले उनको नाम अस्वीकृत गरिएको छ ।

यता, जेनजीको मूल पक्ष भने कार्कीको नाममा अडिग देखिन्छ भने मेयर शाहले पनि उनलाई नै समर्थन गरेका छन् । कार्की हाल सैनिक मुख्यालय पुगेकी छन्, जसले थप चर्चा उत्पन्न गरेको छ ।

अधिकांशको सहमति कुलमान घिसिङतर्फ मोडिएको र उनलाई नेतृत्वको जिम्मेवारी दिन प्रस्ताव गरिने निर्णयमा समूह पुगेको हो ।