११ श्रावण २०८३, सोमबार

प्रधानसेनापतिले एकाएक किन गरे चीन भ्रमण रद्द ?



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन यात्रा हालका लागि स्थगित भएको छ।

भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको भ्रमण आन्तरिक अस्थिरता र चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै रोकिएको बताइएको छ।

मुलुकको संवेदनशील अवस्थालाई विचार गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्वनिर्धारित भ्रमण नगर्ने निर्णय गरेकाे जानकारी प्राप्त भएकाे छ ।