काठमाडाैं महानगर भित्रका विद्यालय आजदेखि खुले
काठमाडाैं । आइतबारदेखि काठमाडाैं महानगरपालिकाका विद्यालयहरू खुलेका छन् ।
काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेपछि आजदेखि विद्यालयहरू खुलेका हुन् ।
हानगरले सूचना जारी गर्दै विद्यालयमा कुनै क्षति भएरनभएको यकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गरेकाे छ ।
महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भएरनभएको यकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो।
महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।















