सेयर बजार खुला गर्न नेप्सेलाई सेबोनको निर्देशन, कारोबार अब कहिलेदेखि सुचारु हुने ?
काठमाडौं । जेनजी आन्दोलनका कारण रोकिएको सेयर बजार अन्तत: खुल्ने भएको छ ।
आन्दोलनपछि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै सेयर बजार खुल्ने कि नखुल्ने भन्ने अन्यौल नै थियो । तर, आगामी असोज २ गते बिहीबारदेखि कारोबार खुला हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
असोज २ गतेदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुचारु गर्न नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सोही अनुसार असोज २ गतेदेखि नै धितोपत्रको दोस्रो बजार खुला हुने नेप्सेले जनाएको छ।














