कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो
कामाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ।
बैंकले असोज २४ गते, शुक्रबार, काठमाडौँको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा आयोजना गर्न लागेकाे हाे ।
सभामा बैंकले हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने जस्ता अन्य प्रस्तावहरू पनि पारित गर्नेछ।
लाभांश वितरण र साधारण सभाका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्नेछ। यसका अनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।













