बुधबार तोलामा १००० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीमा पनि गिरावट
काठमाडाैं । नेपाली बजारमा लगातार बढीरहेकाे सुनकाे मूल्य बुधबार घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला १००० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १६ हजार १०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १०० रूपैयाँले घटेर २ लाख १७ हजार १०० रूपैयाँ कायम भएकाे थियाे ।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको भन्दा ४५ रुपैयाँ घटेर प्रति तोला २ हजार ५ सय ५० रुपैयाँमा झरेको छ। मंगलबार तोलाको २ हजार ५ सय ९५ रुपैयाँ पुगेको थियो।













