११ श्रावण २०८३, सोमबार

१ महिना थपियो कर विवरण र राजस्व तिर्ने म्याद



काठमाडौं । सरकारले कर विवरण र राजश्व तिने म्याद थपिदिएको छ । भदौ २५ गतेसम्म बुझाउनु पर्ने कर विवरण र राजस्व तिर्न नसकेकाहरुलाई सरकारले ठूलो राहत दिएको हो ।

अब ती करदाताले २५ असोजसम्म बिना जरिवाना कर बुझाउन सक्नेछन् । साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा शुल्क, तथा विलासिता शुल्क सम्बन्धी विवरण र तिर्नुपर्ने रकम बुझाउने म्याद एक महिनाले लम्ब्याइएको छ ।

देशभर भदौ २३ र २४ गते लागू गरिएको कफ्र्यू र निषेधाज्ञाका कारण सरकारी कार्यालय बन्द भएपछि करदाताले विवरण पेश गर्न र कर तिर्न नसकेको भन्दै अर्थ मन्त्रालयले म्याद थप्ने निर्णय लिएको हो ।

मन्त्रालयका अनुसार २५ असोजभित्र कर तिरेमा कुनै अतिरिक्त शुल्क, जरिवाना वा दस्तुर लाग्ने छैन ।