११ श्रावण २०८३, सोमबार

बागमती प्रदेशसभाका सभामुख पाठकले राजीनामा दिए



काठमाडौं । जेनजी आन्दोलनका कारण बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित पाठकले उपसभामुख अप्सरा चापागाईं सामक्ष राजीनामा बुझाएका हुन् ।

सभामुख पाठकले संसद् भवनमा भएको आगलागीपछि नैतिक कारणले पदमा बस्न उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताएका छन् । उनले कानुनअनुसार उपसभामुखलाई राजीनामा बुझाएको बताए ।

बागमती प्रदेशले हालै नयाँ प्रदेशसभा भवन बनाएको थियो । जुन जेनजी आन्दोलनका क्रममा भदौ २४ मा जलाइएको थियो । संविधान अनुसार प्रतिनिधिसभा विघटन भए तापनि प्रदेशसभा र स्थानीय सरकार यथावत् रहने प्रावधान रहेको छ ।