११ श्रावण २०८३, सोमबार

दशैंको टीकाको उत्तम साइत कति बजे ?



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका मुख्य साइतहरू सार्वजनिक गरेको छ । समितिका अनुसार टीका लगाउने उत्तम साइत: असोज १६ गते बिहान ११:५३ बजे रहेको छ ।

यस्तै, विजया दशमीको देवी विसर्जन साइत: बिहान ९:२३ बजे रहेको छ । टीका लगाउँदा पूर्व दिशा फर्केर लगाउनुपर्ने पनि समितिले जनाएको छ।

साथै, २०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुँदैछ । घटस्थापनाका लागि असोज ६ गते बिहान ९:१३ बजेको साइत तोकिएको छ ।

असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत, असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा, असोज १३ गते सोमबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे, स्थिरासन साइत: असोज १३ गते बिहान ९:२३ बजे साइत रहेको समितिले जनाएको छ ।