११ श्रावण २०८३, सोमबार

रिलायवल नेपालका संचालक कार्कीको राजिनामा स्वीकृत



काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक भिष्म कार्कीले राजिनामा दिएका छन् ।

आफ्नो व्यक्तिगत कारण देखाई उनले पदबाट राजिनामा दिएका हुन् ।

उनको राजिनामा असोज २ गते बसेको संचालक समितिको बैठकबाट स्वीकृत भएको छ । कार्कीले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै संचालकमा नियुक्ति भएका थिए ।