१ कार्तिक २०८३, आइतबार

सैनिक ब्यारेकबाट बाहिरिए ओली, अब गुण्डुमा बास



काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनको सुरक्षाकै क्रममा नेपाली सेनाको संरक्षणमा रहेका ओली हाल भक्तपुरको गुण्डु सरेका छन् ।

बालकोटस्थित ओलीको निवास प्रदर्शनकारीहरुले आगजानी गरका थिए । घरजलेपछि उनलाई नयाँ ठाउँमा सारिएको हो ।

गुण्डुमा उनको लागि भाडाको घर व्यवस्था गरिएको छ । ओलीलाई सार्वजनिक रूपमा अगाडि ल्याउने तयारी पनि छ । छिट्टै विशेष कार्यक्रममार्फत ओलीको सार्वजनिक उपस्थितिको घोषणा गर्ने तयारी छ ।