आज संविधान दिवस मनाइदैं
काठमाडौं । आज संविधान दिवस र राष्ट्रिय दिवस । दिवसलाई उल्लासका साथ मनाउनका लागि विविध कार्यक्रमहरूको आयोजना गरिएको छ ।
यस वर्ष पनि हाम्रा इतिहासका महत्वपूर्ण घडीलाई सम्मान गर्दै विभिन्न प्रकारका गतिविधिहरूका माध्यमबाट यो दिनलाई विशेष बनाइनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रमको आयोजना भएको छ । यस कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।
राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकी र अन्य सांस्कृतिक कार्यक्रमहरू स्थगन गरिएको छ । तथापि, संविधान दिवसको महत्त्वलाई सम्झँदै अन्य विविध कार्यक्रमहरू आयोजना गरिनेछन् ।
नेपालको संविधान २०७२ असोज ३ गतेको दिन नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानको फलस्वरूप संविधानसभा बैठकमा घोषणा भएको थियो ।
संविधानको घोषणा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट गरेका थिए । नेपालको संविधान २०७२ मा समावेश भएका प्रत्येक विशेषता नेपाली समाजको समृद्धि र स्थिरताका लागि एक ऐतिहासिक कदम भएको मानिन्छ ।















